Kathmandu Press

यो वर्ष मात्रै अमेरिकाबाट १ सय १५ नेपाली निष्काशित

काठमाडौं, पुस ४ : अमेरिकाले यस वर्ष मात्रै गैरकानुनी रूपमा आफ्नो देश आइपुगेको आरोपमा १ सय १५ जना नेपालीलाई फर्काएको अधिकारीहरूले बताएका छन्। बुधव....

यो वर्ष मात्रै अमेरिकाबाट १ सय १५ नेपाली निष्काशित

काठमाडौं, पुस ४ : अमेरिकाले यस वर्ष मात्रै गैरकानुनी रूपमा आफ्नो देश आइपुगेको आरोपमा १ सय १५ जना नेपालीलाई फर्काएको अधिकारीहरूले बताएका छन्। बुधवार पाँच नेपालीलाई चार्टर्ड विमानमार्फत् काठमाडौं ल्याएर छाडेको नेपाल प्रहरीले जनाएको छ।

यो वर्ष वैशाखयता मात्रै अमेरिकाले ११५ जना नेपालीलाई निष्काशन गरेर नेपाल पठाएको विवरण नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई पठाएको छ। यो वर्ष वैशाखयता मात्रै अमेरिकाले ११५ जना नेपालीलाई निष्काशन गरेर नेपाल पठाएको विवरण नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई पठाएको छ। ब्यूरो प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ईश्वरबाबु कार्कीले भने, “हाम्रो अनुमानमा आठदेखि दश हजार नेपाली अमेरिका पुग्ने बाटोमा रहेका छन्।”

नेपाल प्रहरीले यसै वर्ष वैशाखमा ब्यूरो स्थापना गरेपछि मात्र अमेरिकाले निष्काशन गरेका नेपाली आप्रवासीको जानकारी दिन थालेको हो। कार्की भने, “नेपाल प्रहरीलाई अनुसन्धान गर्न सहज होस् भन्दै त्यस्तो जानकारी दिने गरिएको हो, यस बीचमा हामीले जुटाएका विवरण र फर्किएकासँग लिइएका बयानका आधारमा गैरकानुनी बाटोमा रहेका नेपालीहरूको सङ्ख्या आकलन गरिएको हो।” निष्काशन गरेर पठाइएका नेपालीहरू अधिकांश मानव तस्करमार्फत् अमेरिका पुग्नेहरू छन्। सहजै नेपाल फर्कन नचाहनेहरूलाई चार्टर्ड विमानको व्यवस्था गर्ने गरिएको प्रहरी अधिकारीहरू बताउँछन्।

ती पाँच नेपालीहरू अमेरिकाको जोर्जिया, लुइजियाना, टेक्सस, क्यालिफोर्निया र वाशिङटनबाट समातिएका बताइएको छ। मानव तस्करले विभिन्न मार्ग हुँदै आठदेखि १२ देश कटाएर दक्षिण अमेरिकी देशहरूको बाटो भएर अमेरिका पुर्‍याउने गरेका छन् । (बीबीसी) 
 

प्रकाशित मिति: ०६:५९ बजे, शुक्रबार, पुस ४, २०७६