Kathmandu Press

बाजुरामा कुटपिटबाट एमालेका विद्यार्थी नेताको मृत्यु

आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर कांग्रेस कार्यकर्ताले राति घरमा आक्रमण गर्दा त्रिवेणी नगरपालिका-८ का चेतन एडीलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय जनाएको छ।
बाजुरामा कुटपिटबाट एमालेका विद्यार्थी नेताको मृत्यु

काठमाडौं, मंसिर ५ : बाजुरामा आइतबार राति १ जना विद्यार्थी नेताको कुटपिटबाट मृत्यु भएको छ। 

आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर कांग्रेस कार्यकर्ताले राति घरमा आक्रमण गर्दा त्रिवेणी नगरपालिका-८ का चेतन एडीलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुरा अनुसार कुटपिटबाट गम्भीर घाइते भएका ऐडीको उपचारका क्रममा बयलपाटा अस्पताल अछाममा मृत्यु भएको हो।

वडा नम्बर ७ को नाटेश्वरी मतदान केन्द्रमा भएको विवादको विषयलाई लिएर अयडीमाथि आक्रमण गरिएको हो । अयडी नेकपा एमाले सम्बद्ध अनेरास्ववीयु सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष हुन्।  

आइतबार मतदानका क्रममा एमाले र कांग्रेसका कार्यकर्ताबीच भएको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर २५ वर्षीय कांग्रेसका कार्यकर्ता सुरेन्द्र अयडीको मृत्यु भएको थियो । 

प्रकाशित मिति: ०७:२३ बजे, सोमबार, मंसिर ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्