Kathmandu Press

सुरक्षाकर्मीको संयमताले बाजुरामा ठूलो दुर्घटना हुनबाट रोकियो : गृह मन्त्रालयल

आठ प्रहरी र आठजना निर्वाचन कर्मचारीलाई घेराउ गरेर ढुङ्गामुढा गरी मतपेटिका खोस्न थालेपछि प्रहरीले बाध्य भएर स्थिति नियन्त्रणमा लिन खोज्दा गोली लागेर एकजनाको मृत्यु भएको सूचना आएको जानकारी दिँदै उनले घटनाको अनुसन्धानपछि सत्यतथ्य सार्वजनिक हुने बताए।
सुरक्षाकर्मीको संयमताले बाजुरामा ठूलो दुर्घटना हुनबाट रोकियो : गृह मन्त्रालयल

काठमाडौं, मंसिर ४ : गृहमन्त्रालयले सुरक्षाकर्मीको संयमताले बाजुरामा ठूलो दुर्घटना हुन नपाएको बताएको छ ।

गृह सचिव विनोदप्रकाश सिंहले बाजुराको त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयको मतदान केन्द्रमा मतपेटिका खोस्न थालेपछिको उत्पन्न परिस्थिति नियन्त्रणमा लिने क्रममा संयमता अपनाउँदा अपनाउँदै एकजनाको मृत्यु भएको र प्रहरीसहित केही व्यक्ति घाइते भएको जानकारी दिए।

मृत्यु हुनेमा स्थानीय सञ्जीव ऐडी रहेको जनाइएको छ । आठ प्रहरी र आठजना निर्वाचन कर्मचारीलाई घेराउ गरेर ढुङ्गामुढा गरी मतपेटिका खोस्न थालेपछि प्रहरीले बाध्य भएर स्थिति नियन्त्रणमा लिन खोज्दा गोली लागेर एकजनाको मृत्यु भएको सूचना आएको जानकारी दिँदै उनले घटनाको अनुसन्धानपछि सत्यतथ्य सार्वजनिक हुने बताए।

उनले प्रहरीले पूर्ण अधिकार प्राप्त हुँदाहुँदै पनि धेरै संयमता अपनाएका कारण ठूलो दुर्घटना हुन नपाएको पनि बताए। दुई पक्षीय विवाद भएको र मतपेटिका नै खोस्न थालेपछि घटना हुन पुगेको उनको भनाइ छ। स्थानीयले ढुङ्गा र बाँसले हान्दा केही प्रहरीसमेत घाइते भएका थिए।

‘बाजुरा, सुर्खेतलगायत केही क्षेत्रमा मतदान स्थगित भएको र कतै दुई पक्षीय झडप, त कतै विवाद भएको जानकारी आएको छ,’ उनले भने, ‘अन्य क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान भएको तर सबै जिल्लाको विस्तृत विवरण भने आउने क्रममा छ।’

बाजुराका सहायक प्रजिअ लोकेन्द्रबहादुर विष्टले उक्त घटनामा एकजनाको मृत्यु भएको र दुई घाइतेलाई हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको जानकारी दिए। सो क्षेत्रमा अहिले नेपाली सेनाको टोलीसमेत पठाइएको गृहमन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २०:५३ बजे, आइतबार, मंसिर ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्