काठमाडौंका १० क्षेत्रको मतगणना कहाँकहाँ हुँदैछ ? (भिडियाे)
काठमाडौंका सबै मतगणनास्थलमा सुरक्षाका लागि तारजाली र सीसीटिभी क्यामरा जडान गरिएको छ।काठमाडौं, मंसिर ४ : प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि निर्धारित समय समाप्त भएको छ । मतदानका लागि आयोगले आज बिहान ७ बजेदेखि साँझ पाँच बजेसम्मको समय निर्धारण गरेको थियो । काठमाडौंको १० वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण तवरबाट मतदान सम्पन्न भएको छ ।
मतदान सम्पन्न भएपछि मतगणनको प्रक्रिया अगाडि बढ्ने छ । काठमाडौंका सबै मतगणनास्थलमा सुरक्षाका लागि तारजाली र सीसीटिभी क्यामरा जडान गरिएको छ। काठमाडौं क्षेत्र नं १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा हुनेछ ।
क्षेत्र नम्बर २ को मतगणना राधाकृष्ण मन्दिर थलीमा, क्षेत्र नम्बर ३ को चामुण्डा स्कुल जोरपाटीमा, क्षेत्र नम्बर ४ को चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ।
यसैगरी क्षेत्र नं. ५ को मतगणना टोखाको श्रीसमाज भवनमा, क्षेत्र नं. ६ को मतगणना धर्मस्थलीमा र क्षेत्र नं. ७ को मतगणना बालाजुको जुडो हलमा हुने छ ।
क्षेत्र नम्बर ८ को मतगणना स्वयम्भुको गितामाता स्कुलमा, क्षेत्र नम्बर ९ को मतगणना नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रविभवनमा र क्षेत्र नम्बर १० मतगणना त्रिभुवन विश्वविद्यालयको स्मृती भवनमा हुने गरी तयारी गरिएको छ ।
काठमाडौंमा आजैबाट मतगणनता सुरु गर्ने तयारी भएको बताइएको छ ।