Kathmandu Press

बाजुराकाे त्रिवेणी नगरपालिकामा गाेली चल्दा तीन जना घाइते

घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरले अस्पताल लगेको जनाइएको छ।
बाजुराकाे त्रिवेणी नगरपालिकामा गाेली चल्दा तीन जना घाइते

बाजुरा, मंसिर ४ : बाजुराको त्रिवेणी नगरपालिका–७ मा गोली चल्दा ३ जना घाइते भएका छन्।

तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको पहिचान हुन  बाँकी रहेको प्रहरीको भनाइ छ।

मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा उत्पन्न परिस्थितिलाई नियन्त्रण लिन प्रहरीले गोली चलाएपछि तीनजना घाइते भएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले जानकारी दिए।

घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरले अस्पताल लगेको जनाइएको छ।

प्रकाशित मिति: १७:५८ बजे, आइतबार, मंसिर ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्