Kathmandu Press

मंसिर १५ सम्ममा एमालेको नेतृत्वमा सरकार बन्ने ओलीकाे दाबी

भक्तपुरस्थित बालकोट निर्वाचन केन्द्रमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले निर्वाचनमा एमालेको बहुमत आउने र मंसिर १५ गतेसम्ममा सरकारको नेतृत्व गर्ने बताएका हुन्।
मंसिर १५ सम्ममा एमालेको नेतृत्वमा सरकार बन्ने ओलीकाे दाबी

काठमाडाैं, मंसिर ४ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा एमालेको बहुमत आउने र मंसिर १५ सम्ममा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्।

भक्तपुरस्थित बालकोट निर्वाचन केन्द्रमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले निर्वाचनमा एमालेको बहुमत आउने र मंसिर १५ गतेसम्ममा सरकारको नेतृत्व गर्ने बताएका हुन्।

उनले एमालेको सरकार बनेपछि सहकार्य गरेका दलहरुलाई समेत सरकारमा ल्याउने जिकिर गरे। ओलीले एमालेको बहुमत आउने देखेर नै विभिन्न शक्तिहरु एमालेको विरुद्धमा लागेको टिप्पणी गरे।

युवालाई भड्काउने र राजनीतिक दिशाविमुख गर्ने काम भए पनि जनताले सचेत भएर मतदान गर्ने उनको भनाइ छ।

ओलीले निर्वाचन उत्साहपूर्वक भएको जिकिर गरे। 

प्रकाशित मिति: १६:२६ बजे, आइतबार, मंसिर ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्