देशभरका १५ मतदान केन्द्रका मतदान स्थगित
सामाजिक सञ्जालमार्फत आयोगले अपराह्न ३ः३० बजेसम्म १५ मतदान केन्द्रमा विभिन्न कारणले मतदान रोकिएको जानकारी दिएको हो ।
काठमाडौं, मंसिर ४ : प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत देशैभर मतदान जारी छ ।
निर्वाचन आयोगले छिटफुट घटनाबाहेक देशभर उत्साहजनक ढंगले मतदान भइरहेको जनाएको छ । आयोगले देशभरका १५ मतदान केन्द्रको मतदान रोकिएको जानकारी दिएको छ ।
सामाजिक सञ्जालमार्फत आयोगले अपराह्न ३ः३० बजेसम्म १५ मतदान केन्द्रमा विभिन्न कारणले मतदान रोकिएको जानकारी दिएको हो ।
मतदान रोकिएका केन्द्रहरुमा मतदान सुचारु गर्ने प्रयास भइरहेको पनि आयोगले जानकारी दिएको छ । रोकिएका बाहेक अन्य स्थानमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको आयोगले जनाएको छ ।
प्रकाशित मिति: १६:१९ बजे, आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











