दोलखाको जफेस्थित मतदान केन्द्रमा झडप हुँदा सात राउन्ड हवाई फायर
अहिले त्यहाँको मतदान रोकिएको प्रहरीले जनाएको छ।दोलखा, मंसिर ४ : दोलखाको तामाकोसी गाउँपालिकास्थित जफेमा रहेकाे कालपानी मावि मतदान केन्द्रमा सुरक्षाकर्मीले ७ राउन्ड हवाई फायर गरेको छ।
एकैपटक धेरै मतदाता मतदान केन्द्रभित्र प्रवेश गरेपछि भएको विवादले झडपको रूप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ राउन्ड हवाई फायर गरेको हो। मतदानस्थल एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएकाे बताइएकाे छ।
प्रहरीमाथि दलका कार्यकर्ताहरूले ढुंगा प्रहार गरेको पनि जनाइएकाे छ। झडपमा एक प्रहरी घाइते भएको बताइउकाे छ। अहिले त्यहाँको मतदान रोकिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५:२५ बजे, आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९