Kathmandu Press

नातिकाजी विशिष्ट स्रष्टा पुरस्कारबाट डा. मल्ल सम्मानित

काठमाडौं, पुस ३ : नातिकाजी स्मृति समाजले नेपाली गीतसंगीतमा योगदान पुर्‍याउने विभिन्न स्रष्टालाई सम्मान गरेको छ।

संगीतकार महर्षी तथा....

नातिकाजी विशिष्ट स्रष्टा पुरस्कारबाट डा. मल्ल सम्मानित

काठमाडौं, पुस ३ : नातिकाजी स्मृति समाजले नेपाली गीतसंगीतमा योगदान पुर्‍याउने विभिन्न स्रष्टालाई सम्मान गरेको छ।

संगीतकार महर्षी तथा गायक नातिकाजी श्रेष्ठको ९५ औं जन्मजयन्तिको अवसरमा बिहीबार उपराष्ट्रपतिको कार्यालय लैनचौरमा आयोजित कार्यक्रममा नातिकाजी विशिष्ट स्रष्टा पुरस्कारबाट डा. समरबहादुर मल्ल सम्मनित भएका हुन्। 

यस्तै, नातिकाजी राष्ट्रिय विशेष सम्मानबाट नेपाली संगीत जगतका अग्रज स्रष्टा जगनमर्दन थापा र संगीतकार कर्म योञ्जन, स्रष्टा मोहनकृष्ण ढली, संगीतकार सिके रसाइली, गायिका भारती उपाध्याय र तीर्थकुमारी थापा, गायक तथा संगीतकार शम्भु राई र संगीतकार मिलन मोक्तान सम्मानित भएका छन्।

यस्तै, नातिकाजी राष्ट्रिय संगीत पुरस्कारबाट गीतकार प्रमोद ढुङ्गाना, गायक एम बराल, गायिका रेखा शाह र संगीतकार सुरेश अधिकारीलाई सम्मान गरिएको छ।
यसैगरी, संगीतकार मनराज नकर्मी, गीतकार भुपेन्द्र खड्का, गायिका टिका प्रसाई र गायक प्रह्लाद तिमिल्सिना नातिकाजी संगीत प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन्।

सबै स्रष्टालाई उपराष्ट्रपति नन्दबहादुर पुनले नगदसहित सम्मान गरेका थिए।

प्रकाशित मिति: १९:३९ बजे, बिहीबार, पुस ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्