१२ः४५ बजेसम्म ३२ प्रतिशत मत खस्यो : निर्वाचन आयोग
पौडेलले सामान्य विवाद भएर मतदान स्थगित भएका स्थलहरुमा मतदान पुनः सुचारु भएसकेको र केही स्थानहरुमा सर्वदलीय बैठक बसी सहमतिको प्रयास भइरहेको जानकारी दिए ।
काठमाडौं, मंसिर ४ : निर्वाचन आयोगले आज दिउँसो १२ः४५ बजेसम्म ३२ प्रतिशत मत खसेको बताएको छ ।
आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले पौने १ बजेसम्म ३२ प्रतिशत मत खसेको जानकारी दिएका हुन् । उनले देशभर छिटफुट घटनाबाहेक शान्तिपूर्ण तवरमा मतदान चलिरहेको बताए ।
पौडेलले सामान्य विवाद भएर मतदान स्थगित भएका स्थलहरुमा मतदान पुनः सुचारु भएसकेको र केही स्थानहरुमा सर्वदलीय बैठक बसी सहमतिको प्रयास भइरहेको जानकारी दिए ।
आयोगले सामान्य विवाद भएकै कारण निर्वाचन स्थगित नगर्न र साँझ ५ बजेसम्म निर्वाचन स्थगित भएको सूचना नटास्न सबै निर्वाचन अधिकृतहरुलाई निर्देशन दिइसकेको पनि बताएको छ ।
प्रकाशित मिति: १३:४८ बजे, आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार