दोलखाको पुतलीकाठ मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा ४ राउण्ड हवाई फायर
भिडले मतपेटिका र प्रहरीमाथि आक्रमण गर्न खोजेपछि प्रहरीले चार राउण्ड हवाई फायर गरेको हो । घटनापछि सो मतदानकेन्द्रमा थप सुरक्षाकर्मी बोलाइएको छ ।
काठमाडौं, मंसिर ४ : दोलखाको बैतेश्वर गाउँपालिका–२ स्थित जनज्योती मावि पुतलीकाठ मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ ।
मतदान केन्द्रमा तनाव सिर्जना भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । मतदान चलिरहँदा बिहान ११ बजे एकैचोटी धेरै मतदानस्थलमा प्रवेश गर्न खोजेपछि स्थिति तनावपूर्ण भएको हो ।
उक्त भिडले मतपेटिका र प्रहरीमाथि आक्रमण गर्न खोजेपछि प्रहरीले चार राउण्ड हवाई फायर गरेको हो । घटनापछि सो मतदानकेन्द्रमा थप सुरक्षाकर्मी बोलाइएको छ ।
बिहान दोलखाकै तामाकोसी गाउँपालिका–२ स्थित अमर मावि भतरेचौर मतदान केन्द्रमा पनि तनाव भएपछि प्रहरीले हवाई फायर गरेको थियो ।
प्रकाशित मिति: १३:३१ बजे, आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











