एमाले अध्यक्ष अोलीले गरे मतदान

काठमाडौं, मंसिर ४ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले मतदान गरेका छन् ।
आइतबार बिहान ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
ओली झापा ५ बाट प्रतिनिधि सभाका उम्मेदवार हुन् । चुनाव प्रचारका लागि झापामा रहेका ओली मतदानका लागि बालकोट आएका हुन् । उनी बालकोटमा नै स्थायी रुपमा बस्दै आएका छन् ।
प्रकाशित मिति: १३:२७ बजे, आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











