Kathmandu Press

कास्कीमा ११ बजेसम्म १५ प्रतिशत मत खस्यो

कास्कीमा ११ बजेसम्म १५ प्रतिशत मत खस्यो

कास्की, मंसिर ४ : कास्कीमा जारी मतदानमा विहान ११ बजेसम्म १५ प्रतिशत मत खसेको छ ।

प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले ११ बजेसम्म १५ प्रतिशत मत खसेको जानकारी दिए। 

चिसोका कारण विहानको समयमा अधिकांश केन्द्रमा मतदाताको उपस्थिति कम रहेको र अहिले उपस्थिति बढेको उनले बताए। 

जिल्लाका तीन सय ४४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको प्रदेश निर्वाचन कार्यालय पोखराका प्रमुख होमनाथ पराजुलीले जानकारी दिए। 

जिल्लामा निर्वाचनका लागि दुई हजार सात सय ५२ जना कर्मचारी खटाइएको छ । जिल्लामा तीन वटा निर्वाचन क्षेत्र छन् । यसपटकको निर्वाचनमा जिल्लाभर दुई लाख ६४ हजार चार सय ५६ जना मतदाता छन्। 

प्रकाशित मिति: १२:२८ बजे, आइतबार, मंसिर ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्