चितवनको ब्रम्हास्थानीमा मतदान स्थगित

काठमाडौं, मंसिर ४ : चितवन क्षेत्रनम्बर १ स्थिति ब्रम्हास्थानी मतदान केन्द्रमा मतदान रोकिएको छ ।
राप्ती नगरपालिका वडा नं. ८ मा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिकामा आगो लगाउने प्रयास गरेपछि मतदान स्थगित भएको बताइएको छ ।
मतपेटिकामा आगो लगाउने प्रयास भएपछि प्रहरीले एक राउन्ड हवाई फायरसमेत गरेको छ । अहिले त्यहाँ थप सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।
प्रकाशित मिति: ११:०८ बजे, आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











