प्रधानमन्त्री देउवाले गरे मतदान
प्रधानमन्त्री देउवाले डडेलधुराको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् ।
काठमाडौं, मंसिर ४ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् ।
आइतबार बिहान प्रधानमन्त्री देउवाले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि डडेलधुराको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् ।
मतदान गरेको तस्बिर सामाजिक सञ्जालमा राख्दै उनले भनेका छन्,‘ मैले मतदान गरे, तपाईँहरु पनि मतदानमा सहभागी हुनुहोला।’
प्रधानमन्त्री देउवा डडेलधुराबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत हुन् ।
प्रकाशित मिति: १०:४३ बजे, आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











