एमाले कार्यकर्ता रिहा गर्ने सहमतिपछि तनहुँको घिरिङमा मतदान सुरु

काठमाडौं, मंसिर ४ : तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कृष्ण मावि मतदान केन्द्रमा ढिला गरी मतदान सुरु भएको छ ।
शनिबार बेलुका प्रहरीले नेकपा एमालेका दुई कार्यकर्तालाई पक्राउ गरेपछि आइतबार बिहान एमालेले मतदान प्रभावित पारेको थियो । पक्राउ परेका एमाले कार्यकताईलाई रिहा गर्ने सहमति भएपछि बिहान साढे ९ बजेपछि मतदान सुरु भएको हो ।
शनिबार बेलुका कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको थियो । झडपपछि प्रहरीले एमालेका दुई कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिइ हिरासतमा राखेको थियो ।
प्रकाशित मिति: १०:३८ बजे, आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











