मतदानपछि माधव नेपालले भने– विपक्षीहरु रातभरी पैसा बाँड्दै हिँडेको सुनें
काठमाडौं, मंसिर ४ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनको बेला आचारसंहिताको चरम उल्लंघन भएको बताएका छन् ।
आज गृह जिल्ला रौतहटमा मतदान गरेपछि प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले निर्वाचनको विकृति रोक्न राज्यले कडाई गर्नुपर्ने बताएका हुन्।
‘निर्वाचनमा देखापरेका विकृतिहरुको बारेमा खबर सुनें । रातभरी पनि पैसा बाँड्दै अनि मासुमाछाको भतेर लगाउँदै विपक्षीहरु हिँडेको सुनियो । खासगरी प्रमुख विपक्षीको रुपमा रहेको पार्टीका उम्मेदवारहरुले आचारसंहिताको चरम उल्लंघन गरेको, राति मोटरसाइकलमा पैसा बाँड्दै हिंडेको, ठाउँठाउँमा फेला पनि परेको सुन्नमा पनि आएको छ । यी विकृतिहरुलाई कसरी रोक्न सकिन्छ भन्नेबारेमा धेरै कडाइ गर्नुपर्ने आवश्यकता देखियो,’ उनले भने।
राज्यले कडाइ गर्ने हो भने यस्ता विकृति रोक्न सकिने उनले बताए ।
प्रकाशित मिति: ०९:३३ बजे, आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९