Kathmandu Press

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका २१ निर्णय (सूचीसहित)

काठमाडौं, पुस ३ : सरकारले सीमा क्षेत्रमा सशस्त्र चेकपोष्ट थप गर्ने निर्णय गरेको छ। 

हालै बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनि....

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका २१ निर्णय (सूचीसहित)

काठमाडौं, पुस ३ : सरकारले सीमा क्षेत्रमा सशस्त्र चेकपोष्ट थप गर्ने निर्णय गरेको छ। 

हालै बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले चीन र भारतसँग जोडिएका सीमामा थप ११४ वटा सशस्त्र चेकपोष्ट थप गर्ने निर्णय भएको जानकारी दिए।

यस्तै, बैठकले हेटौंडा–ढल्केवर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजना स्थलमा पूरै जग्गा परेका जग्गाधनीलाई ७५ र आंशिक जग्गा परेकालाई ६६ प्रतिशत रकम क्षतिपूर्तिस्वरूप उपलब्ध गराउने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताए। 

मन्त्रिपरिषद् बैठकले रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको लम्की विस्तार मूल नहरमा परेका ऐलानी जग्गाको पूरै जग्गा परेका जग्गाधनीलाई ७५ र आंशिक जग्गा परेकालाई ६६ प्रतिशत रकम क्षतिपूर्तिस्वरूप उपलब्ध गराउने पनि निर्णय गरेको छ।

यस्तै, बैठकले दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १, छाङरुङबाट वडा नम्बर २ दुम्लिङ्गसम्मको घोडेटो बाटो संघीय मामिला मन्त्रालयमार्फत् निर्माण गरी सञ्चालनमा ल्याउने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताए। 

हेर्नुस् मन्त्रिपरिषद् बैठकका २१ निर्णय


 

प्रकाशित मिति: १७:१५ बजे, बिहीबार, पुस ३, २०७६