रामचन्द्र पौडेलले खसाले मत
उनले तनहुँको व्यास २ स्थित सत्यवती मावि मतदानस्थलको मतदान केन्द्र खबाट पहिलो मत खसालेका हुन् ।
काठमाडौं, मंसिर ४ : नेपाली कांग्रेसका नेता एवं तनहुँ क्षेत्र नं १ बाट उम्मेदवार प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका रामचन्द्र पौडेलले मतदान गरेका छन् ।
उनले तनहुँको व्यास २ स्थित सत्यवती मावि मतदानस्थलको मतदान केन्द्र खबाट पहिलो मत खसालेका हुन् । उनीसहित यो क्षेत्रबाट प्रतिनिधि सभामा १६ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।
प्रकाशित मिति: ०७:५४ बजे, आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











