माओवादी अध्यक्ष दाहाल र स्वतन्त्र पार्टी सभापति लामिछानेले गरे मतदान
दाहालले भरतपुर १४ शान्तिपुर नेपाल प्रहरी विद्यालयको (क) केन्द्रबाट पहिलो मतदान गरेका हुन् । माओवादी अध्यक्ष दाहाल आफू गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार भए पनि चितवनका मतदाता हुन् ।काठमाडौं, मंसिर ४ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गतको शिवनगरस्थित मतदान केन्द्रमा मतदान गरेका छन् ।
दाहालले भरतपुर १४ शान्तिपुर नेपाल प्रहरी विद्यालयको (क) केन्द्रबाट पहिलो मतदान गरेका हुन् । माओवादी अध्यक्ष दाहाल आफू गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार भए पनि चितवनका मतदाता हुन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेका छन् । उनले आज बिहान काठमाडौंको क्षेत्र नम्बर ३ महाकालमा मतदान गरेका हुन् । उनले प्रत्यक्ष र समानुपातिक दुवैमा उनले स्वस्तिक छाप लगाएपनि प्रदेश सभा सदस्यको मतपत्रमा स्वस्तिक छाप नलगाई मत खसालेका छन् ।
मतदान लगत्तै उनी चितवन लागेका छन् ।
प्रकाशित मिति: ०७:३० बजे, आइतबार, मंसिर ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९