सीमा क्षेत्रमा ११४ वटा सशस्त्र चेकपोष्ट थप गर्ने सरकारको निर्णय
काठमाडौं, पुस ३ : सरकारले चीन र भारतसँग सीमा जोडिएका क्षेत्रमा सशस्त्र चेकपोष्ट थप गर्ने निर्णय गरेको छ।
हालै बसेको मन्....
काठमाडौं, पुस ३ : सरकारले चीन र भारतसँग सीमा जोडिएका क्षेत्रमा सशस्त्र चेकपोष्ट थप गर्ने निर्णय गरेको छ।
हालै बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले चीन र भारतसँग जोडिएका सीमामा थप ११४ वटा सशस्त्र चेकपोष्ट थप गर्ने निर्णय भएको जानकारी दिए।
उनले सीमामा सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सशस्त्रको चेकपोष्ट थप गर्ने निर्णय लिइएको बताए। योसँगै सीमामा सशस्त्र चेकपोष्टको संख्या २२१ पुग्नेछ। यसअघि सीमामा एक सय ७ वटा सशस्त्र चेकपोष्ट थिए।
प्रकाशित मिति: १५:४३ बजे, बिहीबार, पुस ३, २०७६
थप समाचार






