Kathmandu Press

डायलासिसका लागि प्रधानमन्त्री ओली शिक्षण अस्पतालमा

काठमाडौं, पुस ३ : प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको डायलासिसका लागि अस्पताल पुगेका छन्। 

प्रधानमन्त्री ओली मिर्गौलाको डायलासिसका ....

डायलासिसका लागि प्रधानमन्त्री ओली शिक्षण अस्पतालमा
फाइल

काठमाडौं, पुस ३ : प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको डायलासिसका लागि अस्पताल पुगेका छन्। 

प्रधानमन्त्री ओली मिर्गौलाको डायलासिसका लागि बिहीबार अपरान्ह महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका हुन्। 

१२ वर्षअघि प्रत्यारोपण गरेको मिर्गौलाले काम गर्न छोडेपछि प्रधानमन्त्री ओलीले पछिल्लो समय नियमित डायलासिस गराउँदै आएका छन्। यसअघि एपेन्डिसाइटिसको शल्यक्रिया गराएपछि प्रधानमन्त्री ओलीले मनमोहन कार्डियोथोरासिक सेन्टरमै डायलासिस गराएका थिए।

एक्कासी मिर्गाैलामा समस्या आएपछि सुरुमा सुरुमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीले तीन पटकसम्म त्यही डायलासिस गराएका थिए।

प्रकाशित मिति: १५:३२ बजे, बिहीबार, पुस ३, २०७६