Kathmandu Press

विराटनगरका दुई ठाउँमा भेटिएका शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

विराटनगर महानगरपालिका-३ को पुष्पमार्ग र खारजीमा शंकास्पद वस्तु फेला परेको हो।
विराटनगरका दुई ठाउँमा भेटिएका शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

विराटनगर, मंसिर ३ : निर्वाचनको अघिल्लो दिन शनिबार बिहान विराटनगरका दुई ठाउँमा शंकास्पद वस्तु भेटिएका छन्।

विराटनगर महानगरपालिका-३ को पुष्पमार्ग र खारजीमा शंकास्पद वस्तु फेला परेका हुन्। ती शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ। डिस्पोज गरिएका वस्तु बम नभएको पुष्टि भएकाे जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पुष्पचोकमा रङको खाली बट्टामा कपडा राखेर तार र टेपले बेरेको अवस्थामा शंकास्पद वस्तु फेला परेको थियो। खारजीमा इनामेलको बट्टामा शंकास्पद फेला परेको जनाइएकाे छ।

आतंक सिर्जना गर्ने उद्देश्यले ती वस्तु राखिएकाे प्रहरीकाे भनाइ छ।

प्रकाशित मिति: १४:०७ बजे, शनिबार, मंसिर ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्