ट्यांकरको ठक्करबाट भक्तपुरमा बालकको मृत्यु
झौखेलबाट ब्यासीतर्फ आउँदै गरेको बा५ख ९१४२ नम्बरको ट्यांकरले भक्तपुर नगरपालिका–२ ब्यासी कासन पुल नजिक ठक्कर दिएको थियो।
काठमाडाैं, मंसिर ३ : ट्यांकरले ठक्कर दिँदा भक्तपुरमा बालकको मृत्यु भएको छ। शनिबार बिहान भक्तापुरको ब्यासीमा ट्यांकरले ठक्कर दिँदा ७ वर्षीय विवेश तामाङको मृत्यु भएको हो।
झौखेलबाट ब्यासीतर्फ आउँदै गरेको बा५ख ९१४२ नम्बरको ट्यांकरले भक्तपुर नगरपालिका–२ ब्यासी कासन पुल नजिक ठक्कर दिएको थियो।
ठक्करबाट सख्त घाइते भएका तामाङको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले चालक मलबिनायकका सिताराम पक्का नेवारलाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: १२:३१ बजे, शनिबार, मंसिर ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार