Kathmandu Press

विराटनगरमा भेटियो शंकास्पद वस्तु

विराटनगर महानगरपालिका–३ पुष्प मार्गमा शनिबार बिहान बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो ।
विराटनगरमा भेटियो शंकास्पद वस्तु

माेरङ, मंसिर ३ : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको विराटनगरमा बमजस्तो देखिने शंकास्पद बस्तु भेटिएको छ।

विराटनगर महानगरपालिका–३ पुष्प मार्गमा शनिबार बिहान बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो ।

रातो झोलाभित्र बट्टा राखेर बाहिरदेखि प्लाष्टिकले बेर्दै बट्टाबाट तार बाहिर निकालेर सडकको छेउमा छाडिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको हो।

उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाको टोली डिस्पोज गरिहेको बताइएको छ।

आजै बिहान चितवनमा तीन ठाउँमा पनि शंकास्पद वस्तु भेटिएको थियो।

प्रकाशित मिति: ११:०९ बजे, शनिबार, मंसिर ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्