चितवनका तीन ठाउँमा शंकास्पद वस्तु भेटियो
शनिबार भरतपुर महानगरपालिका–१० आँखा अस्पताल नजिक, वडा नं. १२ आस्था चोक र वडा नं. १६ को वडाकार्यलय नजिक शङ्कास्पद वस्तु भेटिएको हो ।
चितवन, मंसिर ३ : आम निर्वाचनको पूर्वसन्ध्यामा चितवनका तीन स्थानमा शंकास्पद वस्तु भेटिएका छन्।
शनिबार भरतपुर महानगरपालिका–१० आँखा अस्पताल नजिक, वडा नं. १२ आस्था चोक र वडा नं. १६ को वडाकार्यलय नजिक शङ्कास्पद वस्तु भेटिएको हो ।
भरतपुर महानगरपालिका–१० आँखा अस्पताल नजिक, वडा नं. १२ आस्था चोकमा निर्वाचनविरोधी गतिविधि गर्ने समूहले प्रेसरकुकरमा शङ्कास्पत वस्तु राखेको प्रहरीले जनाएको छ।
शंकास्पद वस्तु सुरक्षाकर्मीले शनिबार बिहानै निस्क्रिय बनाएको छ।
यस्तै भरतपुर माहानगरपालिका–१६ वडा कार्यालय नजिक सिलिण्डरमा आगो लगाएर छाडेका थिए।
प्रकाशित मिति: १०:०१ बजे, शनिबार, मंसिर ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार