Kathmandu Press

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता

काठमाडौं, पुस ३ : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।

....
प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता

काठमाडौं, पुस ३ : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।

आज बिहान कांग्रेस नेता रमेश लेखकसहित देउवा बालुवाटार पुगेका हुन्। उनी कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार, प्रधानमन्त्री ओलीलाई भेट्न वालुवाटार पुगेको जनाएको छ। भेटका क्रममा सभापति देउवाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे कुराकानी गरेका थिए।

त्यसपछि विवादित संवैधानिक परिषद्सम्बन्धी विधेयकबारे प्रधानमन्त्री ओलीसँग छलफल भएको जनाएको छ। संवैधानिक परिषदसम्बन्धी विधेयक नल्याउन देउवाले प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए।

प्रधानमन्त्रीको सचिवालयले यसलाई नियमित भेटघाट भनेको छ। प्रधानमन्त्री ओली र सभापति देउवाबीच समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

 

प्रकाशित मिति: १३:४९ बजे, बिहीबार, पुस ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्