साथमा पैसा नभेटिएपछि पाँच घन्टापछि छुटे एमालेका प्रदेशसभा उम्मेदवार
स्थानीय युवाहरुले रकम बाँडेर मत खरिद गररिरहेको जनाएपछि निरौलासहित अन्य २ जनालाई प्रहरीले शुक्रबार राति बुढानिलकण्ठबाट पक्राउ गरेको थियो।
काठमाडौं, मंसिर ३ : निर्वाचनको मौन अवधिका बेला शंकास्पद गतिविधि गरिहेको अवस्थामा पक्राउका काठमाडौं क्षेत्र नं. ५ मा एमालेबाट प्रदेशसभा सदस्य उम्मेदवार बनेका दीपक निरौला ५ घन्टापछि छुटेका छन्।
स्थानीय युवाहरुले रकम बाँडेर मत खरिद गररिरहेको जनाएपछि निरौलासहित अन्य २ जनालाई प्रहरीले शुक्रबार राति बुढानिलकण्ठबाट पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा एमालेका प्रदेशसभा उम्मेदवार दिपक निरौला, एमालेका नगरसभापति प्रदीप डंगोल र बुढानिलकण्ठ नगारपालिका वडा नं. ६ का वडा अध्यक्ष रवि खड्का थिए ।
प्रहरीले उनीहरुको साथबाट, नेकपा एमलेको झण्डा, टोपी र केही प्रचार सामग्री मात्र बरामद गरेको जनाएको छ।
निर्वाचन आयोगले मौन अवधि सुरू भइसके पछि आचारसंहिता विपरीत काम गर्दै हिँडेका उनीहरूलाई बुढानिलकण्ठका युवाहरूको सहायतामा नियन्त्रणमा लिइएको थियो।
साँझ ८ बजेतिर नियन्त्रणमा लिइएको तीनजनालाई प्रहरीले पाँच घण्टापछि छोडेको हो।











