Kathmandu Press

दुर्घटनामा पत्रकार कँडेलको मृत्यु

बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु१क ५२७६ नंको रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी)ले कँडेल सवार लु४४प ८२०१ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा पत्रकार कँडेलको मृत्यु

रुपन्देही, मंसिर ३ : मोटरसाइकल दुर्घटनामा रुपन्देहीका पत्रकार एनबी (नरबहादुर) कँडेलको निधन भएको छ।

बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु१क ५२७६ नंको रेडिमिक्स  (सिमेन्ट घोल्ने सवारी)ले कँडेल सवार लु४४प ८२०१ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो।

रुपन्देहीको सैनामैना नगरपालिका–१ रानी बगिया स्थायी घर भई बुटवलमा बस्दै आएका ३५ वर्षीय कँडेलको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए।

ठक्कर दिने सवारी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ०८:२२ बजे, शनिबार, मंसिर ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्