उर्लाबारीमा दुई समूहबीच झडप, तीन घाइते, एकको अवस्था गम्भीर
झडपमा उर्जाबारीका गौतम तामाङ, रजत थापा र नितम चौहान घाइते भएको प्रहरीले जनाएको छ। जसमध्ये तामाङको अवस्था गम्भीर छ ।
मोरङ, मंसिर ३ : मोरङको उर्लाबारीमा दुई समूहबीच झडप हुँदा तीन जना घाइते भएका छन्।
शुक्रबार बेलुका उर्लाबारीमा रहेको तरल कफी सपमा दुई समूहबीच झडप भएको थियो । घाइते मध्ये एकको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ।
सो झडपमा उर्जाबारीका गौतम तामाङ, रजत थापा र नितम चौहान घाइते भएको प्रहरीले जनाएको छ। जसमध्ये तामाङको अवस्था गम्भीर छ । उनलाई उपचारका लागि बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले झडपमा संलग्न उर्लाबारीका कुमार लिम्बू, आशाङ लिम्बु र रजत थापालाई पक्राउ गरेको छ।
प्रकाशित मिति: ०८:१६ बजे, शनिबार, मंसिर ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











