निर्वाचन आयोगले दीपक मनाङेलाई तिरायाे २५ हजार रूपैयाँ जरिवाना

काठमाडाैं, मंसिर २ : निर्वाचन आयोगले दीपक मनाङे (राजीव गुरूङ) लाई २५ हजार रूपैयाँ जरिवाना तोकेको छ। आचारसंहिता विपरीत काम गरेकाे भन्दै मनाङेलाई २५ हजार रूपैयाँ जरिवाना ताेकेकाे हाे।
निर्वाचनमा ३३ लाखभन्दा बढी खर्च गर्न नमिल्ने जनाएता पनि मनाङेले ३० लाख रुपैयाँमा चुनाव जित्ने अभिव्यक्ति दिएका थिए।
‘३० लाखमा नेपालमा चुनाव जित्छ यार! मनाङमा एकदिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी नै खाइदिन्छ,’ उनले यस्तो अभिव्यक्ति दिएका थिए।
उक्त अभिव्यक्ति आयोगले सामाजिक सञ्जालमा देखेपछि स्पष्टीकरण मागेको थियो।
स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नभएपछि मनाङेलाई आयोगले जरिवाना तोकेको हो।
प्रकाशित मिति: २०:२० बजे, शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











