दाङमा ट्याक्टरको ठक्करबाट स्कुले बालिकाको मृत्यु, राजमार्ग अवरुद्ध
तुलसीपुर, पुस ३ : ट्रयाक्टरको ठक्करले एक स्कुले बालिकाको मृत्यु भएको छ भने एक घाइते भएकी छन्। बालिकाको मृत्यु भएपछि विद्यार्थी अभिभावकले सडक अवरुद्ध ग....

तुलसीपुर, पुस ३ : ट्रयाक्टरको ठक्करले एक स्कुले बालिकाको मृत्यु भएको छ भने एक घाइते भएकी छन्। बालिकाको मृत्यु भएपछि विद्यार्थी अभिभावकले सडक अवरुद्ध गरेका छन्।
आज बिहान राप्ती राजमार्गअन्तर्गत दाङको तुलसीपुर–कपुरबोट सडकखण्डस्थित गोदामघर नजिक स्कुल जाँदै गरेकी बालिका विजिता केसी र मनिषा वलीलाई रा १ प १४३५ नम्बर ट्रयाक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ। ट्रयाक्टरको ठक्करबाट दुवै घाइते भएका थिए।
घाइते विजितालाई उपचारका लागि राप्ती अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरिहरनाथ योगीले बताए।
१३ वर्षीया विजिता तुलसीपुरस्थित तुलसी आवासीय माविमा कक्षा ८ मा अध्ययनरत थिइन्। त्यस्तै, ट्रयाक्टरको ठक्करबाट घाइते मनिषाको तुलसीपुरमै उपचार भइरहेको छ। उनी पनि कक्षा ८ मा अध्ययरनत छन्। ट्रक र चालककलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनापछि विद्यार्थी र अभिभावकले सडक अवरुद्ध गरेका छन्। उनले चालकलाई कारबाही गर्न माग गरेका छन्। विद्यार्थी र अभिभावकको प्रदर्शनले राजमार्ग अवरुद्ध भएको छ।











