Kathmandu Press

ऋतिक रोशन र उनकी प्रेमिका सबा आजाद सय करोड भारुकाे अपार्टमेन्टमा बस्दै

ऋतिक रोशन र उनकी प्रेमिका सबा आजाद सय करोड भारुकाे अपार्टमेन्टमा बस्दै

काठमाडाैं, मंसिर २ : बलिउड अभिनेता ऋतिक रोशन र उनकी प्रेमिका सबा आजाद मुम्बईस्थित मन्नत नामको एक अपार्टमेन्टमा सँगै बस्ने भएका छन। प्रायः बाहिर र मुम्बईमा पनि सँगै भेटिने उनीहरु कार्यक्रममा पनि सँगै उपस्थित हुन्छन्।

सबा र ऋतिक बस्ने योजनाअनुसार उक्त अपार्टमेन्टको माथिल्लो तला पुननिर्माण भइरहेको छ। तीन तलामा फैलिएको उक्त अपार्टमेन्ट बनाउन ऋतिकले सय करोड भारु खर्च गरेको जनाइएको छ।

ऋतिकले जुहु–भर्सोवा रोड नजिक मन्नतमा ९७.५० करोडमा अपार्टमेन्ट खरिद गरेका थिए। साबा र ऋतिकको नयाँ घरले अरब सागरको अचम्मको दृश्य प्रस्तुत गर्छ र यो ३८ हजार वर्गफिटमा फैलिएको छ।

१५ औं र १६ औं तलामा रहेको डुप्लेक्सका लागि ऋतिकले ६७.५० करोड भारु र अर्को अपार्टमेन्टका लागि उनले करिब ३० करोड भारु खर्च गरेको जनाइएको छ।

रिपोर्टका लागि ऋतिक र सबा लामो समयदेखि सँगै बस्ने योजनामा थिए र छिट्टै सँगै बस्दैछन् । भवनको माथिल्लो तला मर्मत भइरहेको छ र चाँडै उनीहरु त्यहाँ बस्नेछन्। ऋतिक केही समयदेखि सबासँग डेट गरिरहेका छन् । ऋतिक परिवारसँग सँगै दिवाली मनाउने क्रममा पनि उनीहरु सँगै थिए।

ऋतिकले यसअघि इन्टेरियर डिजाइनर सुजैन खानसँग विवाह गरेका थिए । सन् २०१४ मा ऋतिक र सुजैनबीच डिभोर्स भएको थियो।

प्रकाशित मिति: १८:०४ बजे, शुक्रबार, मंसिर २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्