Kathmandu Press

नेपाल आइडल : चार हजारबाट छानिए सय प्रतिस्पर्धी

काठमाडौं, पुस ३ : नेपाल आईडलको सिजन ३ आजदेखि सुरू हुँदै छ। चाहाना मिडियाको प्रस्तुति नेपाल आइडल यस वर्ष केही नयाँ र केही फरक देखिने जनाएको छ।

<....
नेपाल आइडल : चार हजारबाट छानिए सय प्रतिस्पर्धी

काठमाडौं, पुस ३ : नेपाल आईडलको सिजन ३ आजदेखि सुरू हुँदै छ। चाहाना मिडियाको प्रस्तुति नेपाल आइडल यस वर्ष केही नयाँ र केही फरक देखिने जनाएको छ।

यस सिजनका लागि अडिसन राउन्डमा देशभरका चार हजार प्रतिस्पर्धीले सहभागीता जनाएका थिए। उनीहरुमध्येबाट एक सय प्रतिस्पर्धी आजदेखि आफ्नो प्रस्तुति दिने कार्यकारी निर्देशक सुरेश पौडेलले बताए।

यो सिजनमा पनि अघिल्ला सिजनजस्तै सुगम संगीतले नै महत्व पाउनेछ। यसँसगै लोक, पपले पनि स्थान पाउने जनाएको छ।

यस वर्ष पनि निर्णायक भने उनै तीन जना रहेका छन्। न्ह्यु बज्राचार्य, कालिप्रसाद बास्कोटा र ईन्दिरा जोशी।

उद्घोषणमा भने केही फरक देखिनेछ। अघिल्लो सिजनकी उद्घोषिका रीमा विश्वकर्मा देखिने छैनन्। उनको ठाउँमा माम्पी घोषले उद्घोषण गर्नेछिन्। त्यस्तै, आसिफ शाहले भने यो सिजनमा पनि निरन्तरता पाएका छन्।

यस सिजनका विजेताले आकर्षक पुरस्कार पाउनेछन्। यसका विषयमा भने अझै खुलाइएको छैैन।

नेपाल आइडल हरेक बिहीबार र शुक्रबार राति ८ः३० बजे एपीवान र रमाइलो च्यानलमा हेर्न सकिनेछ।

प्रकाशित मिति: १२:३५ बजे, बिहीबार, पुस ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्