बाफ्टामा ‘द फेभरेट’को दवदवा
काठमाडौं, माघ २९ : अहिले हलिउड अवार्डमयी बनेको छ । ओस्कर अवार्डको नोमिनेसन सूचि सार्वजनिक भएसँगै थुप्रै अवार्डहरु वितरण पनि गरिएका छन् । सोमबार राति भ....

काठमाडौं, माघ २९ : अहिले हलिउड अवार्डमयी बनेको छ । ओस्कर अवार्डको नोमिनेसन सूचि सार्वजनिक भएसँगै थुप्रै अवार्डहरु वितरण पनि गरिएका छन् । सोमबार राति भने बाफ्टा–२०१९ (ब्रिटिस एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन अवार्डस) को भव्य समारोह आयोजना गरियो ।
लण्डनको रोयल अल्बर्ट हलमा आयोजित कार्यक्रममा योर्गोस लैंथिमांसको कमेडी फिल्म ‘द फेभरेट’को दवदवा रह्यो । १२ विधामा नोमिनेसन भएको यो फिल्मले ‘बेस्ट एक्ट्रेस’ र ‘आउटस्टडिङ ब्रिटिस फिल्म’सहित सात विधाको अवार्ड हात पारेको छ । र यो सबैभन्दा बढी अवार्डबाट सम्मानित हुने फिल्म बनेको छ ।
योसँगै अल्फोंसो क्वारनको निर्देशनमा बनेको फिल्म ‘रोमा’ले बेस्ट फिल्म र बेस्ट डायरेक्टरसहित चार अवार्ड जितेको छ ।
त्यस्तै, बेस्ट एक्टर र एक्ट्रेसमा ‘बोहेमियन रैपसोडी’बाट रमी मालेक र ‘द फेभरेट’बाट ओलिविया कोलमैनले अवार्ड जितेका छन् ।
बाफ्टाका बिजेता
१) लीडिंग एक्ट्रेस : ओलिविया कोलमैन (द फेभरिट)
२) लीडिंग एक्टर : रमी मालेक (बोहेमियन रैपसोडी)
३) डायरेक्टर : रोमा (अल्फोंसो क्यूरों)
४) कस्ट्यूम डिजाइन : सैंडी पावेल (द फेभरेट)
५) फिल्म : नट इन द इंग्लिश ल्याङ्गवेज रोमा
६) स्पेसल भिजुअल : ईफेक्ट्स ब्लैक पैंथर
७) आउटस्टडिङ डेब्यू बाइ अ ब्रिटिस राइटर, डायरेक्टर र प्रोड्यूसर : बीस्ट (माइकल पीयर्स, लाँरेन डार्क)
८) सिनेमेटोग्राफी : रोमा
९) सपोर्टिंग एक्टर : मैहरशाला अली (ग्रीन बुक)
१०) सपोर्टिंग एक्ट्रेस : रैशल वीस्ज (द फेभरिट)
११) ओरिजनल स्क्रिनप्ले : द फेभरिट
१२. ओरिजनल म्यूजिक : अ स्टार इज बोर्न (ब्रैडली कूपर, लेडी गागा, ल्यूकस नेल्सन)
१३) एडप्टेड स्क्रिनप्ले : ब्लैकक्लैसम्यान
१४) राइजिंग स्टार : लेटिसिया राइट
१५) मेकअप एंड हेयर : द फेभरिट (नाडिया स्टैसी)
१६) एडिटिङ : वाइस (हैंक काँर्विन)
१७) साउन्ड : बोहेमियन रैपसोडी
१८) ब्रिटिश शर्ट फिल्म : ८३ काउस (एलेक्स लाँकवुड)
१९) प्रोडक्शन डिजाइन : द फेभरिट
२०) एनीमेटेड फिल्म : स्पाइडर म्यान इनटू द स्पाइडर वर्स
२१) आउटस्टडिङ ब्रिटिश फिल्म : द फेभरिट
२२) डक्यूमेंट्री : फ्री सोलो











