पूर्वसभामुख महराको मुद्दामाथि उच्च अदालतमा सुनुवाइ हुँदै
काठमाडौं, पुस ३ : बलात्कार प्रयासको आरोपमा जेल जीवन बिताइरहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा सुनुवाइ हुँदैछ।
काठमाडौं जिल्ला अदालत....

काठमाडौं, पुस ३ : बलात्कार प्रयासको आरोपमा जेल जीवन बिताइरहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा सुनुवाइ हुँदैछ।
काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि जेल पठाएपछि उनले पाटन उच्च अदालतमा निवेदन दिएका थिए। उनको निवेदनमाथि आज पाटन उच्च अदालतमा सुनुवाइ हुन लागेको हो।
उनको मुद्दा पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीकै इजसालमा राखिएको छ। आज मुख्य न्यायाधीश सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासमा सुनुवाइ हुन लागेको उच्च अदालतले जनाएको छ।
संसद सचिवालयकै महिला कर्मचारीमाथि असोज १२ गते बलात्कार प्रयास गरेको आरोप लागेको थियो। त्यसपछि उनले प्रतिनिधिसभाको सभामुख पदबाट राजीनामा दिएका थिए। उनको राजीनामासँगै असोज १९ गते पक्राउ गरिएको थियो।
बलात्कार प्रयासको मुद्दामा काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते पुर्पक्षका लागि जेल चलानको आदेश दिएको थियो। त्यसयता उनलाई दिल्लीबजार कारगारमा राखिएको छ।
जिल्ला अदालतकाे पुर्पक्षका लागि जेल चलान गर्ने आदेशविरुद्ध उनले मंसिर १७ गते पाटन उच्च अदालतमा निवेदन दिएका थिए।











