फ्रान्सले एसियामा ‘मुठभेड’ नहोस् भन्ने चाहन्छ : म्याक्रों
अमेरिका र चीनबीच बढ्दो प्रतिस्पर्धालाई मध्यनजर गर्दै यस क्षेत्रका लागि फ्रान्सको रणनीतिक सम्बन्ध पुनः सुरु गर्न चाहेको बैंककमा आयोजित एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) को २१ सदस्यीय शिखर सम्मेलनमा भाग लिने क्रममा म्याक्रोंले बताएका हुन्।
बैंकक, मंसिर २ : फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोंले एसिया–प्रशान्त क्षेत्रसँग फ्रान्सको संलग्नताका लागि आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै ‘मुठभेड’को स्थिति अन्त्य गर्न आग्रह गरेका छन्।
अमेरिका र चीनबीच बढ्दो प्रतिस्पर्धालाई मध्यनजर गर्दै यस क्षेत्रका लागि फ्रान्सको रणनीतिक सम्बन्ध पुनः सुरु गर्न चाहेको बैंककमा आयोजित एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) को २१ सदस्यीय शिखर सम्मेलनमा भाग लिने क्रममा म्याक्रोंले बताएका हुन्।
फ्रान्सेली राष्ट्रपति ट्रम्पले शिखर सम्मेलनका क्रममा व्यापारिक नेताहरूको एक भेलालाई सम्बोधन गर्दै भने, 'फ्रान्सले यस क्षेत्रमा स्थिरताका लागि भूमिका खेल्न चाहेको छ।'
'हामी आधिपत्यमा विश्वास गर्दैनौं, हामी मुठभेडमा विश्वास गर्दैनौं, तर स्थिरतामा विश्वास गर्छौं,' म्याक्राेंले भने।
हिन्द तथा प्रशान्त महासागरमा रियुनियन, न्यू क्यालेडोनिया र फ्रेन्च पोलिनेसियालगायतका विदेशी भूभाग रहेको फ्रान्सलगायत क्षेत्रीय शक्तिले भूमिका खेल्नुपर्ने उनले बताए। 'हामी जङ्गलमा छौं र हामीसँग दुई ठूला हात्ती छन्, जसले झन्–झन् उत्तेजना बढाउने अवस्था आइरहेको छ,' म्याक्रोंले आफ्नो सम्बोधनमा भने।
'यदि उनीहरू धेरै आक्रोशित भए भने यो बाँकी जंगल (क्षेत्र) को लागि ठूलो समस्या हुनेछ। तपाईंलाई बाघ, बाँदरलगायत धेरै अन्य जनावरहरूको सहयोग चाहिन्छ।'
म्याक्रोंले जलवायु परिवर्तनदेखि आर्थिक उथलपुथलसम्मका सङ्कटको सामना अन्तर्राष्ट्रिय समुदायले गरिरहेको र समन्वयात्मक प्रतिक्रियाको खाँचो रहेको बताए।
'हाम्रो इन्डो–प्यासिफिक रणनीति यो वातावरणमा गतिशील सन्तुलन कसरी प्रदान गर्ने भन्ने हो,' उनले भने, 'यो दुई ठूला शक्तिहरूको टकराव हुन सक्दैन। तीमध्ये कुनै एकको आधिपत्य हुन नसक्ने एक प्रकारको स्थिरता र सन्तुलन कसरी प्रदान गर्ने चिन्ता अहिलेको हो।'
रूस–युक्रेन युद्ध विश्वव्यापी अस्थिरताको प्रमुख स्रोतको रूपमा देखिएको उल्लेख गर्दै उनले भने, एशिया र अन्यत्रका सबै देशहरूले आफ्नो कर्तव्यप्रति गम्भीर बन्न आवश्यक छ।
म्याक्रोंले भने, 'फ्रान्सले यो युद्ध पनि हाम्रो समस्या हो भनेर भन्नका लागि बढ्दो सहमति निर्माण गर्न काम गरिरहेको छ किनभने यसले धेरै अस्थिरता सिर्जना गर्नेछ।'












