Kathmandu Press

शतबिज छर्न र बत्ती बाल्न आएकाहरूले भरिभराउ पशुपति [फोटो फिचर]

आज रातभर बत्ती बाली शनिबार बिहान वाग्मतीमा सेलाएर भक्तजनले पशुपति क्षेत्रका विभिन्न स्थानमा शतबीज छर्छन्।
शतबिज छर्न र बत्ती बाल्न आएकाहरूले भरिभराउ पशुपति [फोटो फिचर]

काठमाडौं, मंसिर १४ : पशुपतिमा बालाचतुर्दशी बत्ती बाल्न आउनेको घुइँचो लागेको छ।

मार्ग शीर्ष कृष्ण त्रयोदशीको राति आज पशुपतिनाथमा बत्ती बाल्न आउने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ।

बत्ती बेलुकी बाल्ने भए पनि रातभर बसेर महादीप दान गर्न उपयुक्त स्थानको खोजीमा भक्तजनको बिहानैदेखि घुइँचो लागेको हो।

Hardik ivf

कति भक्तजन त बिहीबार राति पशुपति क्षेत्र आइपुगेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। उनका अनुसार सबैलाई सहज रूपमा बसेर बत्ती बाल्न सक्नेगरी सबै व्यवस्थापन गरिएको छ।

आज रातभर बत्ती बाली शनिबार बिहान वाग्मतीमा सेलाएर भक्तजनले पशुपति क्षेत्रका विभिन्न स्थानमा शतबीज छर्छन्।

यसो गरेमा दिवङ्गत पितृले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास रहेको छ। पशुपति क्षेत्रमा लाग्ने बालाचतुर्दशीको सबै तयारी पूरा भएको पनि कोषले जनाएको छ।

बत्ती बाल्न शुल्क नलाग्ने पनि कोषले स्पष्ट पारेको छ।

तस्बिरहरूः 

satabij-pashupati-(11)-ink-1732893827.jpeg

satabij-pashupati-(9)-ink-1732893825.jpeg

satabij-pashupati-(10)-ink-1732893825.jpeg

satabij-pashupati-(7)-ink-1732893824.jpeg

satabij-pashupati-(8)-ink-1732893824.jpeg

satabij-pashupati-(6)-ink-1732893814.jpeg

satabij-pashupati-(5)-ink-1732893814.jpeg

satabij-pashupati-(1)-ink-1732893812.jpeg

satabij-pashupati-(2)-ink-1732893812.jpeg

satabij-pashupati-(3)-ink-1732893812.jpeg

satabij-pashupati-(4)-ink-1732893812.jpeg

 

प्रकाशित मिति: २१:१२ बजे, शुक्रबार, मंसिर १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्