समानुपातिक उम्मेदवारलाई परिचयपत्र दिइने
समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका प्रतिनिधिसभा तथा प्रदेशसभातर्फका उमेदवारहरूले परिचयपत्र माग गर्न आएमा त्यस्ता उमेदवारहरूलाई आयोगले परिचयपत्र दिने भएको हो ।काठमाडौं, मंसिर २ : निर्वाचन आयोगले यही मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका उमेदवारहरूलाई परिचयपत्र उपलब्ध गराउने भएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीमा नाम रहेका प्रतिनिधिसभा तथा प्रदेशसभातर्फका उमेदवारहरूले परिचयपत्र माग गर्न आएमा त्यस्ता उमेदवारहरूलाई आयोगले परिचयपत्र दिने भएको हो ।
“अन्तिम बन्दसूचीमा उल्लेखित मतदाता भएको प्रदेश अन्तर्गतको जिल्लाको खण्ड हेरी आफ्नो जिल्ला अन्तर्गतको भए सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयले आफ्नो कार्यालयबाट जारी हुने परिचयपत्र बमोजिमको विवरण अभिलेख राखी परिचयपत्र उपलब्ध गराउन आयोगले सबै प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ,” आयोगले भनेको छ ।
प्रकाशित मिति: ०७:११ बजे, शुक्रबार, मंसिर २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९