Kathmandu Press

अधिकृतमाथि कुटपिटको आरोपमा वडाध्यक्ष पक्राउ

रुकुम, पुस ३ : रुकुम (पश्चिम)को आठविसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन्।

आठविस....

अधिकृतमाथि कुटपिटको आरोपमा वडाध्यक्ष पक्राउ

रुकुम, पुस ३ : रुकुम (पश्चिम)को आठविसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन्।

आठविसकोट निमित्त प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना तथा प्रविधि अधिकृत गणेश चन्दमाथि बुधबार साँझ कुटपिछ भएको थियो। उनीहरुलाई कुटपिट गरेको आरोपमा आठबिसकोट–३ का वडाध्यक्ष केशरमान विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुमित खड्काका अनुसार, बुधबार कार्यालयको काम सकेर आवासतर्फ फर्कंदै गर्दा केसी र चन्दमाथि कुटपिट भएको हो। कुटपिटबाट केसीको टाउँकोमा घाउ बनेको छ। उनलाई उपचारका लागि जिल्ला अस्पताल, मुसिकोट ल्याइएको छ। त्यस्तै, चन्दलाई भने सामान्य चोटपटक लागेको उनले बताए।

निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले उजुरी दिएपछि वडाध्यक्ष विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वडाध्यक्ष विकको योजनामा अन्य केही युवकले कुटपिट गरेको उजुरीमा उल्लेख छ। कुटपिटमा संलग्न अन्य युवकको खोजी भइरहेको डीएसपी खड्काले बताए।

निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएपछि नगरपालिकाको कामकाज ठप्प भएको छ। कुटपिट गर्नेहरुमाथि कारबाहीको माग गर्दै आज नगरपालिकाको कामकाज बन्द गरेका छन्। दोषीमाथि कारबाही नहुँदासम्म कामकाज नगर्ने कर्मचारीले बताएका छन्।

प्रकाशित मिति: १०:२८ बजे, बिहीबार, पुस ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्