Kathmandu Press

नैतिकताका आधारमा ओली राजनीतिमा रहने अवस्था छैन : प्रचण्ड

नैतिकताका आधारमा ओली राजनीतिमा रहने अवस्था छैन : प्रचण्ड

काठमाडाैं, मंसिर १ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड'ले केपी ओली नैतिकताका आधारमा राजनीतिमा रहन सक्ने अवस्था नरहेको बताएका छन।

बिहीबार काठमाडौं क्षेत्र नंम्वर २ मा गठबन्धनले आयोजना गरेको चूनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीको सिद्धान्त असफल भइसकेको भन्दै नैतिकताका आधारमा राजनीतिमा रहन सक्ने अवस्था नरहेपनि ओली त्यसलाई मान्न तयार नरहेको बताएका हुन। दुई दुई पटक संसद बिघटन गरेर संविधान मास्नेदेखि भ्रष्चाटारलाई प्रश्रय दिने काम ओलीबाट भएको प्रचण्डले बताए। ओलीको गोरुगाडाको सिद्धान्त पनि असफल भइसकेको उनले बताए। त्यस्तै प्रचण्डले संविधानलाई बचाउनका लागि, देशलाई राजनीतिक स्थायीत्वका लागि गठबन्धन बनाउनुपरेको दाबी गरे। मंसिर ४ गतेको निर्वाचन अवसर भएर आएको भन्दै सबै जनताले यसको सहि उपयोग गर्नुपर्ने उनको भनाई छ । अबको एजेण्डा बिकास र समृद्धि नै भएकोको उनले बताए।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनमतको अपमान गरेका कारण केपी ओलीलाई जनताले कारबाही गर्नु पर्ने बताए। उनले आफ्नो पार्टीलाई समेत मिलाएर लान नसक्नेले जनता र देशलाई अघि बढाउन नसक्ने तर्क गरे। आगामी निर्वाचनमा गठबन्धनको बिजय सुनिश्चित रहेको र चुनावपछि गठबन्धनकै सरकार बन्ने उनको भनाई छ।

अध्यक्ष नेपालले संविधानको रक्षा, शान्ति र समृद्धिका लागि गठबन्धनका उम्मेद्वारहरुलाई जीत दिलाउनुपर्ने बताए।

प्रकाशित मिति: १९:२६ बजे, बिहीबार, मंसिर १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्