Kathmandu Press

‘ओलीले जनमतको कदर गर्न सकेनन्, यसपालि पराजित गर्नुपर्छ’ 

‘ओलीले जनमतको कदर गर्न सकेनन्, यसपालि पराजित गर्नुपर्छ’ 

काठमाडौं, मंसिर १ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली जनताले विश्वास गरेर विसं २०७४ मा झण्डै दुई तिहाइ बराबरको जनमत दिए पनि केपी ओलीले त्यसलाई स्वीकार गर्न नसकेका कारण यस पटकको निर्वाचनमा पराजित गर्नुपर्ने बताएका छन्।

आफूहरु आबद्ध गठबन्धन देश र जनताको हितका लागि रहेको उल्लेख गर्दै उनले अर्को गठबन्धन प्रतिगामी र जनविरोधी रहेको उनको भनाइ छ। उनले भने, ‘प्रतिगामी गठबन्धन र पराजित गर्नैपर्छ । सजाय दिनैपर्छ । मौका दिएपछि सदुपयोग गर्न नसक्ने, पार्टीलाई मिलाउन नसक्नेहरुले अबका दिनमा गल्ती सुधार गर्लान् र नयाँ ढङ्गले लान सक्लान् भन्ने आशा गर्न सकिँदैन।’

उनले वाम लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलसँग कृषि, पर्यटन, जलविद्युत् क्षेत्रको विकासका लागि स्पष्ट कार्ययोजनासमेत रहेको र बेरोजगारीको अन्त्य तथा आर्थिक विकास तथा समृद्धिको सुझबुझपूर्ण योजना रहेको बताए।
पूर्वप्रधानमन्त्री नेपालले आफूले अगाडि सारेको योजना, कार्यक्रम र अभियानलाई अगाडि बढाउनका लागि वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार ओनसरी घर्तीलाई मतदान गरेर विजयी गराउन आग्रह गरे । उनले संविधान विरोधी राजावादी र प्रतिगामी गठबन्धनलाई जनताले दण्डित गर्नैपर्ने र सजाय दिनैपर्नेमा जोड दिए। 

सभालाई सम्बोधन गर्दै कागेश्वरी मनहरा नगरपालिकाका प्रुमख उपेन्द्र कार्कीले गठबन्धनका उम्मेदवारलाई विजयी गराएर इतिहास कायम गर्नुपर्ने बताए । सो क्षेत्रका  वाम लोकतान्त्रिक गठबन्धनक उम्मेदवार ओनसरी घर्तीले यही मङ्सिर ४ गते हुने निर्वाचनमा नेपाली जनताले जीत निकाल्ने कि जनविरोधी विजयी हुने भन्ने कुराको निर्धारण गर्ने फैसला जनता आफैँले गर्नुपर्ने बताए। 

प्रदेशसभाका उम्मेदवार भरत फुयाँलले र धुव्र केसीले समग्र निर्वाचन क्षेत्रको विकासका लागि गठबन्धनका तर्फबाट अगाडि सारिएको प्रतिबद्धता प्रस्तुत गर्दै त्यसको कार्यान्वयनका लागि लागिपर्ने बताए। 

प्रकाशित मिति: १७:४५ बजे, बिहीबार, मंसिर १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्