Kathmandu Press

‘एमालेलाई पराजित गर्ने हिम्मत नभएपछि गठबन्धन गरे’

‘एमालेलाई पराजित गर्ने हिम्मत नभएपछि गठबन्धन गरे’

काठमाडौं, मंसिर १ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई ढाल्ने हिम्मत नभएकै कारण कांग्रेसले गठबन्धन बनाएको बताएका छन् । 

बिहीबार झापा क्षेत्र नं १ मा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै ओलीले एमालेलाई पराजित गर्ने हिम्मत कसैसंग नरहेको भन्दै अहिलेको निर्वाचनमा पनि एमालेसंग डराएर गठबन्धन बनाउनुपरेको बताएका हुन् । 

उहाले अब स्वार्थको गठबन्धन रोज्ने की सुदृढ राष्ट्रिय शक्ति निर्माण गर्ने भन्ने फैसला निर्वाचनले गर्नुपर्ने जिकिर गरे ।  राष्ट्रियता, स्वाभिमान कमजोर पार्नका लागि र देशको बिकास रोक्न धेरै षडयन्त्र भइरहेको भन्दै उहाले मंसिर ४ को निर्वाचनले यसको फैसला गर्नुपर्ने बताए।

उनले सरकारमा पुगेर गलत काम गर्न खोजेपछि नागरिकताका बिषयमा राष्ट्रपतिले राष्ट्रको पक्षमा काम गरेको जिकिर गरे । ओलीले एमाले सरकारले आवश्यक कानून बनाएर एक महिनाभित्रै नागरिकता प्रदान गर्ने धारणा राखे। 

उनले तालमेल गरेका स्थानमा एमालेले राप्रपालाई बिजयी गराउने भन्दै राप्रपाले पनि एमालेलाई जीत दिलाउने धारणा राखे। 

प्रकाशित मिति: १६:२१ बजे, बिहीबार, मंसिर १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्