Kathmandu Press

‘नखरा कबुल’ म्युजिक भिडियो सार्वजनिक

गीतमा  शब्द नारायण नेपालको रहेको छ भने शशीविक्रम थापाको सङ्गीत रहेको छ। यस गीतलाई विनोद भुजेलले सङ्गीत संयोजन गरेका छन्।
‘नखरा कबुल’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं, मंसिर १ : कवाली शैलीको ‘नखरा कबुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर उड्डयन क्षेत्रका सफल व्यवसायी एवं गायक विकास राणाको रहेको छ।

गीतमा  शब्द नारायण नेपालको रहेको छ भने शशीविक्रम थापाको सङ्गीत रहेको छ। यस गीतलाई विनोद भुजेलले सङ्गीत संयोजन गरेका छन्।

Hardik ivf

 म्युजिक भिडियोमा नायिका वर्षा सिवाकोटी र नायक  पुष्प खड्काको अभिनय  रहेको छ। बुद्ध थापाले छायाङ्कन गरेको यस भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन्।

निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायक राणाको युट्युब च्यानल ‘विकास राणा अफिसिएल’मार्फत् सार्वजनिक भएको हो। 

यसअघि गायक राणाको स्वरमा ‘प्रेमको परिभाषा’, ‘गालाको तिलैमा’, ‘तीनपाने’, ‘मुसुक्कै हास्याैं’, ‘शैलुङ’ बोलका गीत सार्वजनिक भएका थिए।

प्रकाशित मिति: १२:१९ बजे, बिहीबार, मंसिर १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्