निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न प्रधानमन्त्रीको अपील
प्रधानमन्त्री देउवाले युवाहरुको योग्यता, क्षमता र ज्ञानको कदर हुने गरी आगामी दिनमा नयाँ सोचका साथ अगाडी वढ्ने भन्दै शासन प्रणालीलाई आधुनिक बनाउँदैं सरकारी सेवालाई चुस्त, दुरुस्त पार्ने परिपाटीको बिकास गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।काठमाडौं, मंसिर १ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर ४ गते निर्वाचनमा उत्साहजन सहभागीता जनाउन आब्हान गरेका छन् ।
आज एक भिडियो सन्देश मार्फत निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्ने हाम्रो दायित्व भएकाले अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउँदैं मुलुकलाई समृद्धिको बाटोमा अगाडी बढाउनुपर्ने मुल दायित्व रहेको बताए ।
देउवाले जहानीय राणा शासनदेखि अहिलेसम्म मुलुकले राजनीतिक संघर्षको एउटा चरण पुरा गरिसकेको भएपनि मुलुकलाई समृद्धिको बाटोमा अगाडी बढाउनुपर्ने जिम्मेवारी बाँकी रहेको बताए । नेपाली कांग्रेस मुलुकमा भएका हरेक राजनीतिक, सामाजिक आन्दोलनको नेतृत्व गरेको पार्टी भएको भन्दै अब मुलुकलाई समृद्धितर्फ अगाडी बढाउने जिम्मेवारी पनि कांग्रेस रहेको उल्लेख गरे ।
प्रधानमन्त्री देउवाले युवाहरुको योग्यता, क्षमता र ज्ञानको कदर हुने गरी आगामी दिनमा नयाँ सोचका साथ अगाडी वढ्ने भन्दै शासन प्रणालीलाई आधुनिक बनाउँदैं सरकारी सेवालाई चुस्त, दुरुस्त पार्ने परिपाटीको बिकास गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
२ पटकसम्म संसद विघटन भएपछि देशमा अन्यौलता आएकै कारण सहमति र सहकार्यको आधारमा गठबन्धन सरकार गठन भएकोले त्यही सुत्रका आधारमा मुलुकलाई अगाडी बढाउन गठबन्धन दृढ संकल्पित रहेको स्मरण गराउँदैं आगामी मंसिर ४ गते प्रत्यक्षतर्फ गठबन्धनका उम्मेदवारलाई र समानुपातिकतर्फ नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गर्न अपील गरे ।