Kathmandu Press

आँखाले देख्ने गरीको विकास गरेर देशमा समृद्धि ल्याउँछौ : महामन्त्री शर्मा

आँखाले देख्ने गरीको विकास गरेर देशमा समृद्धि ल्याउँछौ : महामन्त्री शर्मा

झापा, कात्तिक ३० : नेपाली कांग्रेसका महामन्त्री एवं झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले संविधानको रक्षा, लोकतान्त्रिक शासन पद्धतिको विकास र राजनीतिमा परिवर्तनका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन।

भद्रपुर नगरपालिका–१० स्थित वीपी चोकमा आज आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई जिताए मात्र विकासको सही अनुभूति हुने खालका काम हुने बताए। महामन्त्री शर्माले भने, 'कागजमा हेर्दा वा कानले सुन्दा आनन्द हुने विकास होइन, हामी आँखाले देख्ने गरीको विकास गरेर देशको समृद्धि दिलाउँछौँ।' उनले नेपाली नागरिकलाई सुखी, खुसी र समृद्धिको यात्रामा लैजान आफ्नो उम्मेदवारी रहेकाले मतदातालाई जिताउन आग्रह गरेका हुन।

कार्यक्रममा प्रदेश ‘१’ का उम्मेदवार गोपाल तामाङले राजनीतिलाई सेवा ठानेर चुनावी मैदानमा होमिएको बताए। यस्तै प्रदेशसभा (२) का उम्मेदवार श्यामवीर लिम्बूले मजदुर, किसान, सर्वहाराको उन्नतिका लागि इमान्दार भएका काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन।

प्रकाशित मिति: २०:२४ बजे, बुधबार, कात्तिक ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्