Kathmandu Press

राजनीतिक स्थिरताका लागि गठबन्धन : अध्यक्ष दाहाल

'विचारमा यो वा त्यो नभनेर गठबन्धनका सबै उम्मेदवार जिताउने गरी लाग्नुस्, यो चुनाव अग्रगामी र पश्चगामीबीचको लडाईं भएकाले अग्रगामीले चुनाव जित्नु जरुरी छ।'
राजनीतिक स्थिरताका लागि गठबन्धन : अध्यक्ष दाहाल
Hardik ivf

टक्सार, कात्तिक ३० : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक स्थिरताका लागि बनाइएको गठबन्धन लामो समयसम्म टिक्ने बताएका छन।

गठबन्धनले जिल्लाको पूर्वी तिवारीभञ्ज्याङमा गरेको चुनावीसभालाई सम्बोधन गर्न भोजपुर पुगेका दाहालले अहिलेको गठबन्धन विकास र समृद्धिका लागि गरिएकाले तत्काल नभत्किने बताए।
    
दाहालले भने, 'विचारमा यो वा त्यो नभनेर गठबन्धनका सबै उम्मेदवार जिताउने गरी लाग्नुस्, यो चुनाव अग्रगामी र पश्चगामीबीचको लडाईं भएकाले अग्रगामीले चुनाव जित्नु जरुरी छ।'
    
अध्यक्ष दाहालले गठबन्धनबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुदन किराँती विजयी बने उनलाई मन्त्री बनाउनेसमेत बताए। विगतलाई सम्झँदै अध्यक्ष दाहालले भने, 'मैले सुदनजीलाई पुरानै ऋण तिर्नु छ। पहिला पनि मन्त्री बनाउन खोजिएकै हो सकिएन अब निर्वाचित भएपछि रोजेकै मन्त्रालय दिन्छु। तपाईंहरू सुदनलाई जिताएर पठाउनुस्।'
    
किराँती २०६४ र २०७४ सालको निर्वाचनबाट दुईपटक सांसद भई सकेका छन। सङ्घीय सांसदका लागि किराँती र एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश एकका पूर्वमुख्यमन्त्री शेरधन राई बीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति: १९:४३ बजे, बुधबार, कात्तिक ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्