Kathmandu Press

एमाले नेतृत्वकाे सरकार बनेलगत्तै नागरिकता दिने अभियान सुरु हुन्छ : ओली

बुधबार सुनसरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले नागरिकताबारे तमासा भइरहेको भन्दै मंसिर ४ पछि एमाले नेतृत्वमा बन्ने सरकारले नागरिकता दिने अभियान नै सुरु गर्ने बताएको हुन्।
एमाले नेतृत्वकाे सरकार बनेलगत्तै नागरिकता दिने अभियान सुरु हुन्छ : ओली

काठमाडाैं, कात्तिक ३० : नेकपा एमालेका अध्यक्ष केपी ओलीले मंसिर ४ पछि एमाले नेतृत्वमा बन्ने सरकारले नागरिकता दिने अभियान नै सुरु गर्ने बताएका छन्।

बुधबार सुनसरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले नागरिकताबारे तमासा भइरहेको भन्दै मंसिर ४ पछि एमाले नेतृत्वमा बन्ने सरकारले नागरिकता दिने अभियान नै सुरु गर्ने बताएको हुन्।  उनले जन्मसिद्धका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्ने ऐन एक महिनाभित्र बनाएर अंगीकृतका सन्तानलाई वंशजका आधारमा नागरिकता दिइने आश्वासन दिए।

Hardik ivf

अध्यक्ष ओलीले  नेपाली नागरिकले नागरिकता पाउनुपर्छ भन्नेमा अहिले विवाद नभएर विदेशीलाई दिनुपर्छ भन्नेसँग भइरहेको बताए। त्यस्तै उनले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रहेका विजयकुमार गच्छादार मतदाताको मन जितेर नभइ मतपत्र लुटेर चुनाव जित्दै आएको आरोप लगाए। गच्छदार यसपटक चुनाव जितेर गए पनि संसद्‌ भवन छिर्न नपाउने भन्दै ओलीले आफ्नो मत खेर नफाल्न मतदातालाई आग्रह गरे।

गच्छदारमाथि भ्रष्टाचार मुद्दा लागेको र निलम्बित व्यक्ति भएकाले उनको प्रतिस्पर्धी एमालेका उम्मेदवार भगवती चौधरीलाई जिताउन ओलीले आग्रह समेत गरे। सेटिङबाट धरौटीमा छुटेकोलाई कांग्रेसले उम्मेदवार बनाएको ओलीको आरोप छ।

अध्यक्ष ओलीले कांग्रेसले चुनावी घोषणापत्रमा अरू कुरा गर्छन् हामी काम गर्छौ भनेर लेखेको भन्दै एउटा राम्रो काम गरेको देखाउन चुनौती दिए। उनले एमाले बाहेक अरू दलहरुले देश हाँक्न नसक्ने भन्दै एउटा सुदृढ राष्ट्रिय शक्ति निर्माण गर्न एमालेलाई जिताउनुपर्ने बताए।

प्रकाशित मिति: १७:३६ बजे, बुधबार, कात्तिक ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्