Kathmandu Press

त्रिविको ४५ औं दिक्षान्त समारोह आज, १० हजार बिद्यार्थी दिक्षित हुने 

काठमाडौं, पुस ३ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ४५औँ दीक्षान्त समारोह आज हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने समारोहमा १० हजा....

त्रिविको ४५ औं दिक्षान्त समारोह आज, १० हजार बिद्यार्थी दिक्षित हुने 

काठमाडौं, पुस ३ : त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ४५औँ दीक्षान्त समारोह आज हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हुने समारोहमा १० हजार १८४ विद्यार्थी दिक्षित हुँदैछन् ।

पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा हुने समारोहमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई विभिन्न विधाका ३१ वटा पदकरपुरस्कारसमेत प्रदान गरिने भएको दीक्षान्त समारोह समितिका सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए ।

समारोहमा करीब छ हजार ९०० अभिभावक सहभागी हुने भएका छन् ।

प्रकाशित मिति: ०६:५७ बजे, बिहीबार, पुस ३, २०७६