Kathmandu Press

वर्तमान शासकीय स्वरुपबाट मुलुकमा विकास र समृद्धि सम्भव : ओली

वर्तमान शासकीय स्वरुपबाट मुलुकमा विकास र समृद्धि सम्भव : ओली
Hardik ivf

काठमाडौं, कात्तिक ३० : नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान शासकीय स्वरुपबाट मुलुकको विकास र समृद्धि कायम गर्न सकिने बताएका छन् ।

 विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले यही शासकीय स्वरुपले दिएको प्रणालीलाई सफल कार्यान्वयन गरेमा जनतामा समृद्धि ल्याउन सकिने प्रष्ट पारे । 
    
अहिले भइरहेको प्रणाली भन्दा कार्यान्वयन गर्ने व्यवहारमा कमजोरी रहेको छ भन्दै अध्यक्ष ओलीले व्यक्तिमा रहेको आचरण र व्यवहारलाई परिवर्तन नगरेसम्म जुनसुकै शासकीयस्वरुप पनि असफल हुने प्रष्ट पारे।  ‘शासकीयस्वरुप परिवर्तमानमा अहिले हतारिने बेला होइन, सल्लाह र समझदारीमा समाधान गर्न सकिन्छ,’ उनले भने। 

प्रकाशित मिति: १६:३१ बजे, बुधबार, कात्तिक ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्